विविधता बीचको एकता देशको पूँजी र पहिचान हो : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विविधता बीचको एकता देशको पूँजी र पहिचान हो : मुख्यमन्त्री पौडेल


१५ पुस २०७६, मंगलबार


हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विविधता बीचको एकता नै देशको पूँजी र पहिचान भएको बताएका छन् । गुरुङ समुदायको महान्चाड तमु ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै मुख्यमन्त्री पौडेलले तमु ल्होसारले राष्ट्रिय एकता, सद्भाव र प्रेम बढाउने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पौडेलले ‘फो ल्हो’ अर्थात् मृगवर्षलाई बिदा दिँदै ‘च्यु ल्हो’ अर्थात् मुसावर्षलाई नयाँ वर्षका रुपमा मनाइने यसवर्षको ल्होसारले नेपाली नेपालीबीच भाइचारा वृद्धि गर्न सकोस् भन्ने कामना गरेका छन् । ‘गुरुङ (तमु) जातिको महान् पर्व तमु ल्होसारका अवसरमा सुख, शान्ति एवं संवृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । विविधताबीचको एकता नै हाम्रो पूँजी र पहिचान हो’, सन्देशमा उल्लेख छ ।

‘गुरुङ (तमु) समुदायले मनाउने यस पर्वले राष्ट्रिय एकता, सद्भाव र प्रेम बढाउने विश्वास गरेको छु । अन्त्यमा, गुरुङ समुदायको महान् पर्व तमु ल्होसारका अवसरमा यहाँहरु सबैको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित शुभकामना सन्देशमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस