विमानस्थलबाट मलद्वारमा लुकाइएको सुनसहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विमानस्थलबाट मलद्वारमा लुकाइएको सुनसहित भारतीय नागरिक पक्राउ


१५ पुस २०७६, मंगलबार


पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले १ जना भारतीय नागरिक पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुजिल हरेराम रहेका छन्।

फ्लाई दुबाईबाट काठमाडौं ओर्लिएका उनलाई विमानस्थल प्रहरी र भन्सार कार्यलयले मंगलबार बिहान आधा केजी सुनसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त सुन हरेरामले मलद्वारमा लुकाएर ल्याएका थिए।

पक्राउ परेका हरेरामलाई प्रहरी थुनामा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस