लोक सेवा विधेयक राज्य व्यवस्था समितिबाट पास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा विधेयक राज्य व्यवस्था समितिबाट पास


१३ पुस २०७६, आइतबार


काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पास गरेको छ ।

समितिको आइताबार बसेको बैठकले विधेयक र प्रतिवेदन पास गर्दै संसदमा पठाउने निर्णय गरेको हो । समितिमा लोकसेवाका कर्मचारी सरुवा गर्दा उसको सहमति लिनुपर्ने विद्यमान व्यवस्था हटाउने सहमति भएको थियो । तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले त्यसमा असहमति जनाएका थिए ।

आइताबार भने यसबारे संवैधानिक आयोगका कर्मचारीहरुको सरुवा सम्बन्धी व्यवस्था संघीय निजामती विधेयकमा राख्ने गरी यो विधेयकबाट हटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस