विप्लव समूहका कार्यकर्ता प्रदर्शनीमार्गबाट पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विप्लव समूहका कार्यकर्ता प्रदर्शनीमार्गबाट पक्राउ


१३ पुस २०७६, आइतबार


काठमाडौं । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव)समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।

विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो ।

कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई पक्रेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस