मकवानपुरको सुमो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मकवानपुरको सुमो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो


११ पुस २०७६, शुक्रबार


हेटौँडा । मकवानपुरमा आज भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरु रौतहटको चन्द्रपुर नगरपालिकाका २१ वर्षीय मनिष विश्वकर्मा, २० वर्षीया सृजना विश्वकर्मा, ६५ वर्षीय केदारप्रसाद तिमल्सिना रहेका छन् । अन्य दुई मृतकको पहिचान भने अझै खुल्न सकेको छैन ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सुमो चालक हेटौँडा–१७ का अनिल विश्वकर्मा, रौतहटको माधवनारायण नगरपालिकाका जैसा साह र गरुडा नगरपालिकाका नन्दकिशोर साह तथा सर्लाहीको वाग्मती नगरपालिकाका रञ्जित रिजाल रहेका छन् ।

घाइतेहरुमध्ये दुई जनाको काठमाडौँको बल्खुस्थित वयोधा अस्पताल र अन्य दुईको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ना१ज ३४३३ नम्बरको सुमो आज मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस