३० हजार घुस लिएको अभियोगमा लेखा अधिकृत घिमिरे र केसी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

३० हजार घुस लिएको अभियोगमा लेखा अधिकृत घिमिरे र केसी पक्राउ


१० पुस २०७६, बिहिबार


अख्तियार

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महालक्ष्मी नगरपालिकाका ललितपुरका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुँवेर केसी  ३० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले सूचना / बिज्ञापन गरेकोमा दिएको भुक्तानी रकम वापत सेवाग्राहीसँग घुस / रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले निजहरुला पक्राउ गरेको हो।

आयोगका अनुसार उनीहरुलाई बुधबार नै पक्राउ गरिएको भए पनि आवश्यक अनुसन्धानपछि आज सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस