खोपाचागुकी सुत्केरीको हवाई उद्धार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खोपाचागुकी सुत्केरीको हवाई उद्धार


१० पुस २०७६, बिहिबार


चरिकोट । दोलखाको बिगु गाउँपालिका–८ खोपाचागुकी सुत्केरीको हवाई उद्धार गरिएको छ । सो गाउँपालिकाकी १७ वर्षीया सुष्मा श्रेष्ठलाई सुत्केरीको जटिल अवस्थामा हेलिकप्टर मार्फत आज काठमाडौँ लगिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा उनको उद्धार गरिएको जनाइएको छ । सुत्केरी ब्यथा लागेको लामो समयसम्म पनि शिशु नजन्मिएपछि श्रेष्ठलाई खोपाचागु स्वास्थ्यचौकीले थप उपचारका लागि चरिकोट अस्पातललाई सिफारिस गरेको थियो ।

अस्पतालका चिकित्सक विनोद डङ्गोलले आमा र नवजात शिशुलाई खतरा हुने भएकाले तत्काल शल्यक्रिया गरी शिशु निकालिएको जानकारी दिए । उनले शल्यक्रियापछि सुत्केरीको श्वासप्रश्वासको गति बढेको र सघन उपचार कक्षमा राखी थप उपचार गर्नुपर्ने भएकाले तत्काल काठमाडौँ पठाइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस