परशुराम नगरपालिकाका इन्जिनियरसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परशुराम नगरपालिकाका इन्जिनियरसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा


१० पुस २०७६, बिहिबार


अख्तियार

डडेल्धुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाका इन्जिनियरसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

झूठो प्रतिवेदन बनाएर कृषि सडकको बजेट भुक्तानी गर्ने नगरपालिकाका इन्जिनियरसहितका पाँचजनाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा करिब दुई लाख बिगो माग दावीसहित मुद्दा दायर गरेको हो।

झूठो विवरण पेश गरी उपभोक्ता समितिलाई भुक्तानी दिएको भन्दै इन्जिनियर भाट, असिस्टेन्ट सव–इन्जिनियर नरबहादुर बोहरा, बेल्डाङी कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर बोहरा, कोषाध्यक्ष मथुरीदेवी बोहरा र सचिव तेजबहादुर बोहराविरुद्ध एक लाख ७३ एक सय ९० रुपैयाँ माग दावीसहित बुधबार आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।

सब इन्जिनियर बोहोराले व्यक्तिलाई लाभ पुग्ने गरी सडक निर्माणको इस्टिमेट, मूल्याकंन सिट र कार्य सम्पन्न भएको भनी पेश गरेको झूठो प्रतिवेदनका आधारमा इन्जिनियर भाटले सिफारिस गरी भुक्तानी दिएको ठहर गरेको छ।

उनीहरू पाँचैजनालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम एक लाख ७३ हजार एक सय ९० रुपैँया बिगो माग गर्दै कारबाहीको माग गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस