रामकृष्ण ढकालको सम्बन्ध विच्छेद, छोरी आमासँगै बस्ने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रामकृष्ण ढकालको सम्बन्ध विच्छेद, छोरी आमासँगै बस्ने


९ पुस २०७६, बुधबार


काठमाडौँ । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ।

बुधबार जिल्ला अदालत काठमाडौँमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको हो ।

उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।

तर, छोरीको लालन–पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको छ । ढकाल र शाहबीच प्रेम विवाह भएको थियो। निलम शाहले सम्बन्धविच्छेदका लागि मंगलबार निवेदन दिएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस