लागुऔषधसहित एक महिला पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लागुऔषधसहित एक महिला पक्राउ


६ पुस २०७६, आइतबार


घुससहित रंगेहात पक्राउ

दाङ । तुलसीपुरमा आफ्नै घरबाट लागुऔषध ब्राउन सुगर बिक्री वितरण गरिरहेकी एक महिला पक्राउ परेकी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहर नाथ योगीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिशिल टोल बस्ने ४२ वर्षीया शान्ता गिरी छन् ।

लागुऔषध ब्राउन सुगर बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा प्रहरी उनको पुगेका थिए ।

प्रहरीले उनलाई पक्राउ गरी खानतलासी गर्दा २७ पुडिया प्लाटिकसहित आठ ग्राम ४७० मिलि ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख योगीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस