१५ हजार घुससहित प्रनानी पंजियार पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१५ हजार घुससहित प्रनानी पंजियार पक्राउ


५ पुस २०७६, शनिबार


काठमाडौँ । मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक(सई) पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो ।

मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५ हजार घूस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनलाई घूस लिइरहँदा रंगेहात समातिएको र थप अनुसन्धान भइरहेको अतियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस