पूर्वसभासद रामेश्वर ढुंगेलको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वसभासद रामेश्वर ढुंगेलको निधन


१ पुस २०७६, मंगलबार


भक्तपुर । पूर्वसभासद तथा कांग्रेस नेता रामेश्वर ढुंगेलको निधन भएको छ ।

२०७० सालको संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र २ बाट निर्वाचित ६१ वर्षीय ढुङेलको मंगलबार दिउँसो निधन भएको हो ।

मस्तिष्क पक्षघात भएका उनको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली काँग्रेस भक्तपुरका नेता उद्धव खड्काले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस