पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय


१ पुस २०७६, मंगलबार


एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई त्यहाँको तीन सदस्यीय विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।

सञ्चारमाध्यमहरुले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भएको बताएका छन् ।

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो।

सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए।

मुशर्रफलाई पाकिस्तानको संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको बताइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस