नव निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज सपथ लिँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नव निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज सपथ लिँदै


१ पुस २०७६, मंगलबार


काठमाडौं । नव निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् । उनले मंगलबार दिउँसो १ बजे उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेबाट पद तथा गोपनियताको सपथग्रहण गर्ने भएकी हुन् ।

उनी मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललालाई साढे आठ हजार मत अन्तरले हराएकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९ सय ८६ मत पाएका थिए ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की क्षेत्र नं.२ मा विद्या भट्टराई उमेदवार बनेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस