नेकपाको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपाको स्थायी कमिटी बैठक बस्दै


२९ मंसिर २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक बस्दै छ । आज सचिवालय बैठक पछि स्थायी कमिटीको बैठक बस्ने भएको हो ।

पार्टी विधानअनुसार ३–३ महिनामा बैठक बस्ने  भनिए पनि एक वर्षपछि आज बस्दैछ । मंसिर २३ गते बसेको नेकपा सचिवालय बैठकले २९ गतेका लागि स्थायी समितिको बैठक तोकेको हो ।

मंसिर २७ मा सचिवालय बैठक बस्ने भनिएको थियो तर अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव तयार पार्न ढिलाइ भएका कारण बैठक सरेको हो ।

आज बस्ने स्थायी कमिटी बैठकले सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमादन गराउन, वामदेव गौतमलाई पार्टी अपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्ताव संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टीको कामका ६ महिने कार्ययोजना पारित गराउन छलफल गर्ने जनाइएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनका बारेमा छलफल भएको थियो ।

नेकपाले काठमाडौं उपत्यकामा १५१ सदस्यीय गैर भौगोलिक विशेष प्रदेश किमिटी गठन गर्दैछ। स्थायी समिति सदस्य लीलामणि पोखरेल इन्चार्ज, भानुभक्त ढकाल र अरुण नेपाल सहइन्चार्ज, राजन भट्टराई अध्यक्ष र लेखनाथ न्यौपाने सचिव रहेको पदाधिकारी चयन यसअघि नै गरिसकेको छ।

विशेष प्रदेश कमिटीमा रहने नेताहरुको नाम शनिबार अध्यक्ष राजन भट्टराईले महासचिव विष्णु पौडेललाई बुझाएका छन्।

तत्कालीन एमाले तर्फका ८५ र माओवादी केन्द्र तर्फका ६६ जना नेता रहेको कमिटीको नाम बुझाइएको भट्टराईले जनाएका छन्। सचिवालय बैठकले कमिटीमा रहने नेताहरूको नाममा निर्णय लिएपछि यो निर्णय सार्वजनिक हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस