सरकारी गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु


२८ मंसिर २०७६, शनिबार


सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ देउरालीटारमा सरकारी गाडीले ठक्कर दिँदा शुक्रबार राति एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरका वर्ष ५० का शिवबहादुर कार्की छन्। मृतक कार्की सुमो चालक हुन्। उनको उपचारका क्रममा गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा रहेको शुभजिवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ६९८५ नं को सुमो अचानक सिलिप खाएको र सुमो रोकेर किन सिलिप खायो भनेर हेर्न जाने क्रममा सोही दिशाबाट आउँदै गरेको पूर्वाधार विकास कार्यालय रामेछापको प्रदेश ३–०१–००२झ ४६९९ नं को गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। सुमोमा सवार सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ का कमल खड्का घाइते भएका छन्।

उनको बायाँ कम्मर र गालामा चोट लागेको र अवस्था गम्भीर रहेको अहिले नर्भिक अस्पताल काठमाडौंमा सघन कक्षमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस