भाडाकै भवनमा सञ्चालित प्रहरी कार्यालयहरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भाडाकै भवनमा सञ्चालित प्रहरी कार्यालयहरु


२८ मंसिर २०७६, शनिबार


तुलसीपुर । दाङमा अहिले पनि अधिकांश प्रहरी कार्यालय तथा इकाइ कार्यालयहरु भाडाको घर तथा जग्गामा सञ्चालित छन् । जिल्ला प्रहरी कार्यालयका १३ वटा प्रहरी कार्यालय र १२ वटा प्रहरी इकाइ भाडामा घरमा सञ्चालित छन् भने १४ वटा कार्यालय अर्काको जग्गामा भवन निर्माण गरी सञ्चालन भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय अमिलिया, इलाका प्रहरी कार्यालय हापुरे, सिमा प्रहरी चौकी कोइलाबास, प्रहरीचौकी रामपुर, प्रहरीचौकी गोग्ली, अस्थायी प्रहरी पोष्ट बसपार्क घोराही, अस्थायी प्रहरी पोष्ट हापुर, अस्थायी प्रहरी पोष्ट बालापुर, अस्थायी प्रहरी पोष्ट चौघेरा, अस्थायी प्रहरी पोष्ट अम्बिकेश्वरी, अस्थायी प्रहरी पोष्ट रिहार, अस्थायी प्रहरी पोष्ट बेलक्रुण्डी, अस्थायी प्रहरी पोष्ट धारापानी भाडाको भवनमा सञ्चालित रहेका छन् ।

भाडाको घरमा प्रहरी कार्यालय सञ्चालन गर्दा निकै समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । उनका अनुसार दाङका आठ वटा प्रहरी कार्यालयको जग्गा छ तर भवन निर्माण भएका छैनन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय कमिरेचौर, प्रहरी चौकी दुईखोली, प्रहरी चौकी पुरन्धारा, प्रहरी चौकी गोवडिया, प्रहरी चौकी खाद्रे, प्रहरीचौकी हासिपुर र अस्थायी प्रहरी पोष्ट बन्गैको आफ्नो जग्गा भएपनि भवन निर्माण हुन सकेको छैन ।

जिल्लाका १२ वटा प्रहरी इकाइ भाडामा सञ्चालित छन् । प्रहरी नायब उपरीक्षक शाहका अनुसार सीमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कमिरेचौर, इलाका प्रहरी कार्यालय हापुरे, प्रहरीचौकी दुईखोली, प्रहरी चौकी गोबरडिहा, प्रहरी चौकी बेला, प्रहरी चौकी मुसीनाका, अस्थायी प्रहरी पोष्ट गोठीखोला, अस्थायी प्रहरी पोष्ट डगमारा, अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्क, सिमा प्रहरी चौकी खाँग्रा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी निरीक्षक निवास रहेका छन् ।

त्यस्तै दाङका १४ वटा कार्यालय अर्काको जग्गामा भवन निर्माण भएका छन् । इलाका प्रहरी कार्यालय खिलतपुर, इलाका प्रहरी कार्यालय नारायणपुर, इलाका प्रहरी कार्यालय पुलवारी, इलाका प्रहरी कार्यालय खाद्रे, प्रहरी चौकी चङ्गुवा, अस्थायी प्रहरी पोष्ट सर्रा, प्रहरी चौकी जसपुर, प्रहरी चौकी बागर, प्रहरी चौकी सिसहनिया, अस्थायी प्रहरी पोष्ट कोठरी, अस्थायी प्रहरी पोष्ट नर्ती, अस्थायी प्रहरी पोष्ट सिरियानाका, अस्थायी प्रहरी पोष्ट गोठीखोला, अस्थायी प्रहरी पोष्ट टरीगैं र अस्थायी प्रहरी पोष्ट दमारगाउँ अर्काको जग्गामा भवन निर्माण भएर सञ्चालनमा आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस