कर्मचारीले पनि साइकल चढेर कार्यालय जानुपर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीले पनि साइकल चढेर कार्यालय जानुपर्ने


२८ मंसिर २०७६, शनिबार


काडमाडौं । काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख नवराज ढकालले कर्मचारीले हप्तामा एक दिन साइकल चढेर कार्यालय जाने वातावरण बनाइने बताएका छन् ।

महानगरको सहरी योजना आयोगले आयोजना गरेको साइकल र्‍यालीको उद्घाटनमा बोल्दै प्रमुख ढकालले कर्मचारीलाई पनि कार्यालय जाँदा साइकला जाने वातावरण बनाउन आकर्षक योजना ल्याइने बताएका हुन् ।

शनिबार साइकल र्‍यालीको आयोजनामा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य पनि साइकल यात्रामा सहभागी भएका छन् । उनले केहीबेर साइकल चलाएर र्‍यालीमा सहभागी भएका थिए । उनी सँगै महानगरका उपमेयर हरिप्रभा खड्गी, आयोगका कार्यकारी उपाध्यक्ष सरोज बस्नेत लगायत र्‍यालीमा सहभागी भएर माइतीघर पुगेको थिए ।

आयोगले माइतीघरदेखि कोटेश्वरसम्म साइकल लेन बनाउने तयारी गरेको छ । त्यसका लागि महानगरले डिजाइन पनि सार्वजनिक गरिसकेको छ ।

साइकल लेनका लागि केही दिन भित्रै काम सुरु गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस