नाइजरमा भएको आतङ्ककारी आक्रमणमा ७१ सैनिकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नाइजरमा भएको आतङ्ककारी आक्रमणमा ७१ सैनिकको मृत्यु


२७ मंसिर २०७६, शुक्रबार


नियामी, नाइजर । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् । यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ ।

नाइजरको पश्चिमी इलाकामा रहेको एक गाउँमा अवस्थित सैन्य शविरमा सो आक्रमण भएको हो । यसैबीच, इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

इजिप्टको भ्रमणमा रहेका नाइजरका राष्ट्रपति मोहमद इसोफो यस घटनापछि स्वदेश फर्किएका छन् ।

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र पाँच पश्चिमी अफ्रिकी नेताहरूबीच उक्त क्षेत्रमा सुरक्षा अवस्थाको विषयमा हुन लागेको सम्मेलनको केही दिनअघि उक्त आक्रमण भएको बताइएको छ ।रासस/एएनआइ

Tags :
प्रतिक्रिया दिनुहोस