नगर प्रमुख सरावगीद्धारा मुस्कान खातुनलाई ३ लाखको आर्थिक सहयोग प्रदान « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नगर प्रमुख सरावगीद्धारा मुस्कान खातुनलाई ३ लाखको आर्थिक सहयोग प्रदान


२६ मंसिर २०७६, बिहिबार


वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई ३ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् ।

काठमाडौंको किर्तीपुर स्थित बर्ण अस्पतालमा पुगेर नगर प्रमुख सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारको लागी उक्त आर्थिक सहयोग प्रदान गरेका हुन् ।

वीरगन्ज महानगरपालिका कार्यालयद्धारा २लाख र नगर प्रमुख सरावगीको तलब भत्ताबाट १लाख रुपैयाको चेक नगर प्रमुख सरावगीले बिहिबार प्रदान गरेका हुन् ।

मुस्कान खातुनलाई बुधबार अमेरिकन तथा नेपाली डाक्टरहरुको टोलीले प्लास्टिक सर्जरि अपरेशन गरेको छ । वीरगन्जको छपकैंया निवासी मुस्कान खातुन माथी एसिड आक्रमण गरेका कारण उनको उपचार ३ महिना देखि किर्तीपुर बर्ण अस्पतालमा भइरहेको छ ।

नगर प्रमुख सरावगी अपस्पतामा पुगेर आर्थिक सहयोग गर्नुका साथै उनलाई अस्पतालमा चाहिने आवश्यक व्यवस्थापन समेतको व्यवस्था मिलाएका छन्। मुस्कानलाई अझ आर्थिक सहयोगको अवश्यकता रहेकोले विभिन्न दाताहरुसंग कुरा चलिरहेको बताउदै नगर प्रमुख सरावगीले सबैलाइ इच्छुक संस्थाहरुलाई आर्थिक सहयोग गर्न अनुरोध समेत गरे ।

काठमाडौंमा उपचारार्थ रहेकी मुस्कानको उपचारमा नगर प्रमुख सरावगी सुरुदेखि नै सक्रिय रहदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस