पौडेल र सिटौला समूहद्वारा केन्द्रीय समिति बैठक बहिस्कार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पौडेल र सिटौला समूहद्वारा केन्द्रीय समिति बैठक बहिस्कार


२६ मंसिर २०७६, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले केन्द्रीय समितिको बैठक बहिष्कार गरेको छ।

बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी सभापति शेरबहादुर देउवा सहमत भएनन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर महामन्त्री डा.शशांक कोइराला बैठकमा प्रवेश नै नगरी बाहिरिएका छन्। कोइराला निकट एक नेताले भने,‘सभापती देउवा एक पक्षीय तरिकाले अघि बढेकाले बैठक बहिष्कार जस्तै हो।’

संस्थापन पक्षले बहुमतका आधारमा प्रस्तावित एजेण्डा पारित गर्ने तयारी गरेपछि इतर समुहका नेताहरु बैठकमा अनुपस्थित भएका हुन्। १४औं महाधिवेशनलाई केन्द्रीय कार्यसमितिको प्रमुख एजेण्डा नबनाएसम्म बैठकमा प्रवेश नगर्ने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी गराए।

१४औं महाधिवेशनको कार्यतालिकालाई सभापति देउवाले बैठकको एजेण्डा बनाएका थिएनन्। सभापति देउवाले ९ बुँदे एजेण्डा बैठकमा पेश गरेका छन्।

विधानमा २८ विभागको प्रावधान भएपनि बैठकमा संख्या बढाउने गरी प्रस्ताव गरिएको छ। गुरुङले भने, ‘बैठकमा प्रवेश नै गरिएन के के एजेण्डा ल्याइएको छ। जानकारी भएन।’

संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक जारी रहेपनि पौडेल र सिटौला पक्षका नेताहरु वरिष्ठ नेता पौडेलको कक्षमा बसिरहेका थिए। पौडेलको कार्यकक्षमा उनीसहित कोषाध्यक्ष सीतादेवी यादव नेताहरु डा.राम शरण महत,प्रकाशमान सिंह,डा.मिनेन्द्र रिजाल थिए।

नेता कृष्णप्रसाद सिटौला उपत्यका बाहिर भएकाले केन्द्रीय कार्यालय पुगेनन्।

Tags :
प्रतिक्रिया दिनुहोस