चार स्वर्ण विजेता गौरिका सिंहले ५९ लाख पाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चार स्वर्ण विजेता गौरिका सिंहले ५९ लाख पाउने


२६ मंसिर २०७६, बिहिबार


काठमाडौं । गौरिका सिंहले दक्षिण एसियाली खेल (साग) मा ४ स्वर्ण जितेवापत ५९ लाख रुपैयाँ पाउने भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दुई भन्दा बढी स्वर्ण जित्नेहरुलाई ११ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्री एक मात्र स्वर्ण विजेतालाई ९ लाख रुपैयाँ दिने बताएका छन् ।

गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कास्य जितेका कारण ११ लाखको दरले ५९ लाख पाउनेछिन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले गौरिकाले ५९ लाख रुपैयाँ पाउने बताए ।

चार स्वर्णको ११ लाखका दरले ४४ लाख पाउनेछिन् भने दुई रजततको ६ लाखका दरले १२ लाख । तीन कांस्य टिम इभेन्टमा जितेकाले जम्मा ३ लाख गरी कुल ५९ रुपैयाँ पाउने भएकी हुन् ।उनी नेपाल आर्मीमा आबद्ध छिन् ।

टिम इभेन्टमा भएका कमजोरीलाई थप प्याकेज बनाएर सोच्न सकिने उनको भनाई थियो । उनले भने, ‘टिममा पाँच लाख अलि कम भए जस्तो देखियो ।

तर फुटबलमा २३८५ लाख गर्दा त १ करोड माथि हुन्छ । गोल्ड मेडल त एउटै काउन्ट हुन्छ । अझ पनि टिम इभेन्टमा कमजोरी छ भने थप प्याकेजबारे सोच्न सकिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस