सुनको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


२६ मंसिर २०७६, बिहिबार


काठमाडौं । नेपाली बजारमा पछिल्लो समय ओरालो लागेको सुनको मूल्य फेरी बढेको छ।

बिहीबार तोलामा ४ सयले बढेर ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुन चाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुन तोलाको ७० हजार ९ सयमा कारोबार भइरहेको छ। तेजावी आज बजारमा चाँदी ८ सय ४० मा कारोबार भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस