टिपर दुर्घटनामा दुईको मृत्यु, २ जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टिपर दुर्घटनामा दुईको मृत्यु, २ जना घाइते


२६ मंसिर २०७६, बिहिबार


सिमकोट । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित ४ जना सवारमध्ये २ जनाको घटनास्थलमा मृत्यु भएको र २ जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उनले जानकारी दिए । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस