बिहेमा आएका युवक नहरमा भेटिए मृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बिहेमा आएका युवक नहरमा भेटिए मृत


२६ मंसिर २०७६, बिहिबार


कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका १९ वर्षीय सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत भेटिएका छन्।

बिहीबार बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

‘प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ’, प्रवक्ता चन्दले भने, ‘घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान सुरू गरेको छ।’

प्रहरी टोलीले घटनास्थलको मचुल्का उठाइरहेको जनाएको छ। रासस

Tags :
प्रतिक्रिया दिनुहोस