कर्मचारी सरकारलाई भन्दा अरूलाई चित्त बुझाउन उन्मुख छन् : मन्त्री ढकाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी सरकारलाई भन्दा अरूलाई चित्त बुझाउन उन्मुख छन् : मन्त्री ढकाल


२५ मंसिर २०७६, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कर्मचारीहरू सरकारलाई भन्दा अरू दातालाई नै चित्त बुझाउने तर्फ उन्मुख भएको बताएका छन् ।

स्वास्थ्य मन्त्री बनेपछि पहिलो पटक विराटनगर आएका मन्त्री ढकालले कोसी अञ्चल अस्पतालको अनुगमनपछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयका कर्मचारी सरकारको काममा भन्दा अरूलाई नै चित्त बुझाउन उन्मुख भएको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयमा बेथितिको चाङ रहेको उल्लेख गर्दै विधि र काम गर्ने तिथि नै ओझेलमा परेको उनको भनाई छ । स्वास्थ्य मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा खरिदार देखि मन्त्री आफैले फाइल बोक्नुपर्ने अवस्था रहेको गुनासो गरे । ‘फाइल त सिस्टमले तलदेखि माथिसम्म जानुपर्ने हो’ उनले भने ‘तर यहाँ विधि र तिथि ओझेलमा छ ।’

मन्त्रालयमा रहेको १५ अर्व बजेट मध्ये आधा भन्दा बढी दाताको सहयोग रहेकोले कर्मचारीमा हाजिर गर्नुपर्छ भन्ने सोच भए पनि नेपाल सरकारको काम भन्दा अरूकै अतिरिक्त काममा ध्यान दिने गरेको उनको गुनासो छ ।

स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारी धेरै अध्ययन बिदामा बसेको बताउँदै उनले बिदाका कारण काममा प्रभाव परेको बताए । ‘वीर अस्पतालमा १४० स्टाफ नर्सको दरबन्दी रहेछ,’ उनले भने, ‘ती मध्ये ४० जना जति लामो समयदेखि अध्ययन बिदामा छन्। एकातर्फ समायोजनले खडेरी पारेको छ भने अर्कातिर कागजमा दरबन्दी छ मान्छे छैनन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस