‘मास प्रिन्टर’बाट लाइसेन्स छपाइ सुरु, ४ महिनाभित्रै सबै लाइसेन्स वितरण गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘मास प्रिन्टर’बाट लाइसेन्स छपाइ सुरु, ४ महिनाभित्रै सबै लाइसेन्स वितरण गरिने


२५ मंसिर २०७६, बुधबार


काठमाडौं । सरकारले ‘मास प्रिन्टर’बाट स्मार्ट लाइसेन्स छाप्न सुरु गरेको छ । तीन महिना अघि नेपाल भित्र्याएको मास प्रिन्टरबाट यसै हप्तादेखि छपाइ सुरु भएको हो ।

अबको ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्स छपाइ सेवाग्राहीलाई वितरण गरिने विभागले जनाएको छ ।

इटालियन कम्पनीको यो ‘मास प्रिन्टर’ले प्रति घण्टा ४५० वटासम्म लाइसेन्स छाप्न सक्छ । हाल यो मेसिनलाई दिनको ८ घण्टा मात्रै सञ्चालन गरेर छपाइ गरिरहेको विभागले जनाएको छ । अबदेखि कर्मचारीलाई तीन सिफ्टमा खटाएर प्रिन्ट गरिनेछ । ७–७ घण्टाको सिफ्ट बनाएर राति पनि छपाइ जारी रहने छ ।

विभागका अनुसार दिनमा ८ हजार लाइसेन्स छाप्ने गरी काम सुरु गरिने छ । महिनामा साढे २ लाख लाइसेन्स छापेर ४ महिनाभित्रै वितरण गर्न बाँकी लाइसेन्स सेवाग्राहीलाई वितरण गरिनेछन् ।

लाइसेन्स छपाइको काम यातायात व्यवस्थाविभागको कार्यालय मिनभवनबाट भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस