२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटै जिल्लामा ११ महिनामा २० हत्या

अ+ अ-

सप्तरी । जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटना भएका छन् । हत्या घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मङ्गलबार राजविराजमा भएको अन्तक्र्रिया कार्यक्रमको आधारपत्रमार्फत उक्त कुरा सार्वजनिक गरिएको छ ।

आधारपत्र प्रस्तुत गर्दै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले जिल्लामा ११ महिनाको अवधिमा भएका २० हत्या घटनामा नौ घटनाका अभियुक्त पत्ता नलागेका र पक्राउ नपरेको अवस्थाले गम्भीर बनाएको बताए। राज्यबाट एकसहित छोरा, बुबाआमा, पति, देवर, ससुरा अज्ञात र अन्यबाट भएको हत्या, गोली प्रहार, बम विष्फोट, अपहरण, बालिका बलात्कार, बहुविवाह र घरेलु हिंसाका घटनामा वृद्धि भएको जानकारी दिनुहुँदै पोखरेलले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक तुल्याउन सबै प्रतिबद्ध हुनुपर्ने बताए ।

महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटाले गरीबी, निम्न तहको सामाजिक स्तर, शिक्षाको अभाव, चेतनाको कमी, बालविवाह, बहुविवाह, दाइजो, कथित बोक्सी प्रथाले हिंसालाई बढावा दिइरहेको उल्लेख गर्दै घरेलु हिंसाकै कारण पछिल्लो समय आत्महत्याको घटनासमेत वृद्धि भएको बताए।

कतिपय परम्परागत संस्कृति र हानिकारक सामाजिक मान्यताले महिलाविरुद्धको हिंसा बढ्दो अवस्थामा रहेकाले नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले महिलामाथि भइरहेको हिंसामा नजिकका नातेदारदेखि छिमेकी, साथी तथा महिलाकै पनि संलग्नता बढी देखिएको बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले मानवअधिकार उल्लङ्घन बढ्दा गम्भीर बनाएको उल्लेख गर्दै अपराध नियन्त्रण एवं अनुसन्धानमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घरेलु हिंसा र अपराधको प्रमुख कारक बनेको मादक पदार्थ र लागुऔषध नियन्त्रणमा प्रहरीले हरसम्भव प्रयास गरिरहेको जनाउँदै प्रहरी उपरीक्षक प्रसाईँले फौजदारी अपराधका ८३६ सहित साढे तीन हजार फरार अभियुक्त पक्राउ पर्ने क्रममा सफलता मिल्दै गएको बताए ।