एकीकृतरूपमा माडीको विकास : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एकीकृतरूपमा माडीको विकास : मुख्यमन्त्री पौडेल


२४ मंसिर २०७६, मंगलबार


भरतपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको माडीलाई एकीकृतरूपमा विकास गरिने बताएका छन् ।

माडी नगरपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भारतसँग सीमा जोडिएको प्रदेश नं ३ को माडीलाई एकीकृत विकास गर्दै मुख्य नाकाको रूपमा विकास गरिने बताए । उनले माडीको विकासका लागि प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेको जानकारी दिए ।

मुख्यमन्त्री स्थानीयस्तरमा हुँदै आएको विकासको मोडेल परिवर्तन गर्नुपर्ने धारणा राखे । ‘हामीले आजसम्म पैसामात्र बाँड्यौँ, अब पैसामात्रै बाँडेर होइन, विकासका आयामहरु बाँडेर दिगो विकासका लागि अघि बढ्नुपर्छ’, उनले भने ।

स्थानीयस्तरका राजनीतिक दल, सामाजिक कार्यकर्ता मिलेरमात्रै समृद्ध समाज निर्माण गर्न सकिने उनले धारणा राखे। ‘स्थानीय सरकार बलियो बनाउन मैले जिन्दगीभर लड्दै आएँ’, उनले भने, ‘त्यसकारण पनि सिंहदरबारमा बसेर गाउँको विकास गर्नुहुँदैन भन्ने मान्यतामा म दृढ छु ।’ सिंहदरबारमा बसेर गाँउको विकास गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको उनको भनाइ थियो ।

कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकाललगायतको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस