दोलखाका सीडीओमाथि अख्तियारले थाल्यो छानविन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दोलखाका सीडीओमाथि अख्तियारले थाल्यो छानविन


२४ मंसिर २०७६, मंगलबार


अख्तियार

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोप लागेका जिल्ला प्रशासन कार्यालय, दोलखाका प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

रिजालले मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको थियो । रकम लिएर मुद्दा नचलाउने निर्णय गरेको अभियुक्तको दाबी सार्वजनिक भएपछि आयोगले छानविन थालेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले रिजालले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस रकम लिएको सूचना पत्रपत्रिकामा प्रकाशित भएपछि अनुसन्धान थालिएको बताए ।

उनले भने, ‘रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा निज पदमा बहाल रहिरहँदा आफ्नोविरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पुग्न सक्ने भएकाले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालय सिंहदरवारमा लेखी पठाइएको छ ।’

सम्बन्धित समाचार : घुस प्रकरणमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी काठमाडौं तानिए

Tags :
प्रतिक्रिया दिनुहोस