आगलागीबाट २६ लाख बराबरको क्षति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आगलागीबाट २६ लाख बराबरको क्षति


२४ मंसिर २०७६, मंगलबार


आगलागी

मङ्गलबारे । इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक घरवासमा सोमबार आगलागी हुँदा २६ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको फ्याफुल्ला घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट चार तोला सुन, रु पाँच लाख नगद, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विजय राईले जानकारी दिए ।

काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । छिटो स्थानीय भेला भएका कारण ठूलो क्षति हुन नपाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस