२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँखा अस्पतालको भौतिक विकासका लागि ५० लाख विनियोजन

अ+ अ-

लमही । यहाँको आँखा अस्पतालको भौतिक विकासका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ लमही आँखा अस्पतालको विकासोन्नति र समृद्धिका लागि स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ५० लाख रकम विनियोजन गरिएको हो ।

गत वर्ष पनि रु ५० लाख रकम विनियोजित भएको र सो रकमले लमही आँखा अस्पतालमा कर्मचारी आवास भवन निर्माण शुरु गरिएको नेपाल नेत्रज्योति सङ्घ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिए । गत वर्षको अधुरो भवनको भौतिक निर्माण सम्पन्न गर्न रकम विनोयोजन गरिएको निर्वाचन क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले जानकारी दिए ।

त्यस्तै लमही आँखा अस्पतालको भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना तयार भएसँगै कर्मचारी आवास भवन निर्माण शुरु गरिएको र सो रकम यस आर्थिक वर्षमा पनि भवनमा लगाउने निर्णय भएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए। अस्पतालमा भौतिक अवस्था कमजोर हुँदा सेवा प्रवाहमा कठिनाइ भएको र अब कर्मचारी भवन निर्माणसँगै कर्मचारीलाई पनि आवासका लागि सहज हुने अस्पतालले जनाएको छ ।

त्यसैबीच लमही नगरपालिका वडा नं ५ का वडाध्यक्ष विमबहादुर केसीमा बसेको बैठकले निर्माणाधीन भवन निर्माणलाई पूरा गर्न भवन निर्माण समिति गठन गरेको छ । सङ्घका सदस्य तिलकबहादुर केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो ।

त्यस्तै नेपाल नेत्रज्योति सङ्घ दाङले बजेट विनियोजनमा सहयोग गर्ने यस क्षेत्रका सम्पूर्ण संसादलाई धन्यवाद दिएको छ । सङ्घका सभापति कृष्णकुमार गिरीले संस्थाको भौतिक विकास तथा आँखा स्वास्थ्य सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिलाई धन्यवाद दिएका हुन् । “हाम्रो अभियान भनेको आँखा स्वास्थ्य सेवालाई सर्वसुलभ र भौतिक तथा सबै किसिमले आँखा अस्पताललाई सम्पन्न गर्ने हो यसमा साथ र सहयोग गर्नुहुने सबैमा सङ्घले आभार प्रकट गर्दछ”, उनले भने ।