गौरिकाले जितिन् चौथो स्वर्ण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गौरिकाले जितिन् चौथो स्वर्ण


२३ मंसिर २०७६, सोमबार


काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले ४ स्वर्ण जित्दै इतिहास बनाएकी छिन्।

सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन्।

उनले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई पछि पारिन् । शिवा‌ंगीको समय ५८।१५ सेकेन्ड रह्यो ।

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।

दीपकले चारवटा सागबाट ४ स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा जितेकी हुन् ।

१३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् । नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस