भारतसँग हारेसँगै प्रशिक्षक हरि खड्काले दिए पदबाट राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतसँग हारेसँगै प्रशिक्षक हरि खड्काले दिए पदबाट राजीनामा


२३ मंसिर २०७६, सोमबार


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।

साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।

पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै नेपालको स्वर्णपदक सपना तुहिएको थियो। यसवर्षमात्रै नेपालले गुमाएको यो तेस्रो फाइनलमा थियो।

हारलगत्तै प्रशिक्षक खड्काले राजीनामा घोषणा गर्दै भने, ‘हारको सम्पूर्ण जिम्मेवारी लिदैँ आजैका मितिबाट महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु। प्रशिक्षकबाट राजीनामा दिएपनि फुटबलमा भने कुनै न कुनै भुमिकामा रहनेछु।’

खड्काको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँगै हारेको थियो ।

फाइनलमा नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको तर भारतले पाएको दुबै अवसरमा गोल गरेको उनले सुनाएन । ‘डिफेन्स र गोलकिपरबीच कम्युनिकेशन ग्याप भएका कारण गोल हुनपुग्यो । अर्को गोल पनि हाम्रै कमजोरीमा भयो’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस