अमेरिकाले दिएका दुई ‘स्काई ट्रक’ काठमाडौं आइपुगे « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अमेरिकाले दिएका दुई ‘स्काई ट्रक’ काठमाडौं आइपुगे


२३ मंसिर २०७६, सोमबार


काठमाडों । अमेरिकाले दिएको दुई वटा स्काई ट्रक काठमाडौं आइपुगेको छ। नेपाली सेनालाई सहायता स्वरुप दिएको सो स्काई ट्रक आइतबार बिहान काठमाडौं अवतरण गरिएको हो ।

अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई स्काई ट्रक उपलब्ध गराएको हो ।

विपद व्यवस्थापन,आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि प्रयोग हुने ‘एम–२८’स्काई ट्रकमा १८ जना यात्रु बोक्न मिल्ने र २३ किलो क्षमताको सामाग्री बोक्न मिल्नेछ ।

उक्त ट्रक पुस २ गते अमेरिकी राजदूतले प्रधानसेनापतीलाई हस्तान्तरण गरेपछि प्रयोगमा आउनेछन् ।

दुईवटा स्काई ट्रकको मुल्य २ करोड १८ लाख ९८ हजार अमेरिकी डलर रहेको छ।

२०७४ पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अमेरिकासँग स्काई ट्रक माग्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेपाली सेनाले २०७४ पुस ७ गते स्काई ट्रकका लागि पत्र पठाएको थियो ।

यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक दिने घोषणा गरेकोमा थप दुई जहाज २०२१ सम्म आइपुग्ने सेनाले जनाएको छ। सेनाका अनुसार बाँकी दुईमध्ये एउटा जहाज एयर एम्बुलेन्स हो।

Tags :
प्रतिक्रिया दिनुहोस