राष्ट्र बैंकले दुई अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्र बैंकले दुई अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने


२२ मंसिर २०७६, आइतबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु २ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु ३ अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस