संरक्षणको अभावले जोखिममा रेड पाण्डा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संरक्षणको अभावले जोखिममा रेड पाण्डा


२२ मंसिर २०७६, आइतबार


दुन । विश्वको सुन्दर र लजाुलु स्तनधारी वन्यजन्तु रेड पाण्डा(हाब्रे)संरक्षणको अभावमा उच्च जोखिममा रहेको छ । विश्वभर दुर्लभ रहेको वन्यजन्तु रेड पाण्डा चोरी शिकारीको यो जनावर जोखिममा परेको हो ।

वन जंगलमा भएको आगलागी,पुर्वाधार विकासमा प्रयोग गरिने विभिन्न खाले मेसिनको प्रयोग चोरी शिकारले उनहिरुको बासस्थान खण्डीकरण हुनुले जोखिममा पर्नुको पहिलो कारण मानिएको छ ।

आगलागिले निगांलो नष्ट हुनु मानिसले निगालोको अत्यधिक प्रयोग, स्थानीय स्तरमा संरक्षण गर्ने जनचेतनाको कमी भएको कारण सबैभन्दा ठुलो जोखिममा रेड पाण्डा परेको विज्ञहरु बताउछन् ।

डोल्पाको मुड्केचुला गाँउपालिकाको नर्कु र सर्मिको बनमा रेड पाण्डा भेटिएकोले संरक्षण जरुरी रहेको भन्दै रेड पाण्डा नेटर्वकले अनुसन्धानको काम गरीरहेको छ ।

मुड्केचुला लगायत जगदुल्लाका केहि बनमा समेत पाइने स्थानीयहरु बताउछन् । नेपाल, चीन, भारत, बर्मा र भुटानमा मात्र पाइने रेड पाण्डा नेपालमा ५ सयको हाराहारीको संख्यामा पाइन्छ ।

पश्चिम नेपाल समुदायमा आधारित रेड पाण्डा(हाब्रे)संरक्षण कार्यक्रम अनतर्गत महिला तथा दलित जाती उत्थान मञचले डोल्पा पछिल्लो समय संरक्षणको क्षेत्रमा काम गरिरहेको छ ।

रेड पाण्डा नेटवर्क अन्तरर्गत महिला तथा दलित जाती उत्थान मन्च दुनैले ०७५ फागुन १७ गतेबाट मुड्केचुला गाउँपालिकाको नर्कु र सर्मिमा रेड पाण्डा संरक्षण कार्यक्रम शुरु गरिएको मञ्चका अध्यक्ष चन्द्रबहादुर शाहीले बताए ।

रेड पाण्डा पाइने क्षेत्रका स्थानीय बासिन्दाहरुलाई रेड पाण्डा पाइने क्षेत्रको बेसलाइन सर्बे, अनुगमन, निरिक्षण संरक्षण, बासस्थानको ब्यवस्थापन र जीविकोपार्जन सम्बन्धि तालिम जनचेतनामुलक कार्यक्रम गरिएको रेडपाण्डा नेटवर्क काठमाण्डौका दिनेश घलेले जानकारी दिए ।

रेड पाण्डा लोप हुदै जानु र जोखिममा हुनुको कारण निगालो मासिदै जानुनै हो । निकै लजालु र प्रमुख आहारा भनेको निगालो भएकोले अनियन्त्रीत चरिचरण र निगालो लोप हुदै जानु हो स्थानीय मानबहादुर शाहीले बताए ।

दुर्लभ र संकटासन्न, संरक्षित जीव, नेपालको पहिचान बनाउनका साथै रेड पाण्डाको संरक्षण मार्फत पर्यटनको विकास गरी स्थानीय बासिन्दाको जीविकोेपार्जनमा समेत सहयोग पुग्ने भएकाले रेड पाण्डाको संरक्षण गर्नु लागेको नर्कु र सर्मिका स्थानीयहरुले बताए ।

एक बर्ष पहिला रेड पाण्डा मारेको अभियोगमा नुर्कका एक जना पक्राउ परेका थिए । हाल नियमित रुपमा मुड्केचुलाको नर्कु र सर्मिमा जनचतेना र संरक्षणका कामहरु गरिएको रेड पाण्डा नेटवर्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस