महिला क्रिकेटमा नेपालले जित्यो काश्य पदक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महिला क्रिकेटमा नेपालले जित्यो काश्य पदक


२१ मंसिर २०७६, शनिबार


काठमाडौं । महिला क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । १३औं दक्षिण एसियाली खेदकुद (साग) को महिला क्रिकेटमा नेपालले काश्य कदक जितेको हो ।

अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । पोखराको मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो ।

४ ओभर बलिङ गरेकी अञ्जलीले ३ मेडन राख्दै १ रन मात्र खर्चिर ४ विकेट लिइन् । समूह चरणमा माल्दिभ्सविरुद्ध उनले १३ बलमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान बनाएकी थिइन् ।

यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २–२ विकेट लिएकी छन् । ९ रनको लक्ष्य मात्र नेपालले ७ बलमा विना विकेटको क्षतिमा भेटाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस