मन्त्री त्रिपाठीलाई गृहजिल्लामा स्वागत « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मन्त्री त्रिपाठीलाई गृहजिल्लामा स्वागत


१८ मंसिर २०७६, बुधबार


नवलपरासी । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई आज गृहजिल्ला पश्चिम नवलपरासीमा कार्यकर्ता र शुभेच्छुकद्वारा स्वागत गरिएको छ ।

पछिल्लोपटक मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगेका मन्त्री त्रिपाठीलाई पश्चिम नवलपरासीका विभिन्न स्थानमा स्वागत गरिएको हो ।

बर्दघाट, सुस्ताको छिबनी, प्रतापपुरको गोपीगञ्ज, बेलाटारीलगायतका स्थानमा स्वागत गरिएको थियो । सो क्रममा मन्त्री त्रिपाठीसमक्ष यस क्षेत्रको विकास निर्माणबारे पहल गर्न कार्यकर्ता र शुभेच्छुकले माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस