६ सीडीओको सरुवा, भक्तपुरमा हुमकला पाण्डे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६ सीडीओको सरुवा, भक्तपुरमा हुमकला पाण्डे


१७ मंसिर २०७६, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सरुवा गरेको छ ।

मङ्गलवार मन्त्रालयले भक्तपुर, चितवन, मकवानपुर, पर्सा, लमजुङलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सहसचिव हुमकला पाण्डेलाई ल्याइएको छ भने भक्तपुरका प्रजिअ नारायण प्रसाद भट्टलाई मकवानपुर सरुवा गरिएको छ । त्यसै गरी जिल्ला प्रशासन कार्यालय चितवनमा पर्साका प्रजिअ नारायण प्रसाद भट्टराईलाई सरुवा गरिएको छ भने पर्सामा चितवनका प्रजिअ जितेन्द्र बस्नेतलाई पठाइएको छ ।

त्यस्तै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लक्ष्मण बहादुर खड्कालाई जिल्ला प्रशासन कार्यालय लमजुङमा सरुवा गरिएको छ । लमजुङका प्रजिअ डा.डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस