मेस्सीले जिते छैटौंपटक बालोन डी’ओर अवार्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेस्सीले जिते छैटौंपटक बालोन डी’ओर अवार्ड


१७ मंसिर २०७६, मंगलबार


काठमाडौं । लिओनल मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् ।

बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेस्सी फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो। यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पारे।

मेसीले यसअघि सन् २००९, १०, ११, १२ र २०१५ मा यस अवार्ड जितेका थिए । रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस