अनुदानको सोलारमा ठगिएको रकम फिर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अनुदानको सोलारमा ठगिएको रकम फिर्ता


१५ मंसिर २०७६, आइतबार


सिञ्जा । जुम्लाको गुठीचौर गाउँपालिका–५ का १८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् ।

‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताए ।

सोलारमा ठगी गर्ने मीनवहादुर मल्लले सबै वडाबाट सङ्कलन गरेको रकम दिने बाचा गरेको जनाइएको छ । अध्यक्ष सुनारले दलित समुदायको हकहितका लागि काम गर्न गठन गरिएको सहकारी संस्थाको प्रयासमा रकम फिर्ता गर्ने कार्य सुरु गरिएको जानकारी दिए ।

दलित र जनजातिबाट मल्लले रु एक हजार ५०० प्रति सोलारबाट सङ्कलन गरिएको थियो । चन्दननाथ नगरपालिकामा मल्लले एक हजार सोलार वितरणबाट रु १५ लाख दलित र जनजातिबाट लिएको जनाएको छ । नगरपालिकाको न्यायिक समितिले पाँच पटकसम्म छलफल गर्दा रकम दिन नमानेपछि छैटौँ पटक बसेको न्यायिक समिति बैठकले मल्ललाई अदालत पठाउने निर्णय गरेको थियो ।

जुम्लामा दुई हजार २०१ वटा अनुदानका सोलार ल्याइएकामा दुई हजार २०१ सोलारमध्ये नगरपालिकामा एक हजार, गुठीचौर गाउँपालिकामा १५० र तातोपानी गाउँपालिकामा ४७० सोलार वितरण भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस