बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त गरिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त गरिने


१५ मंसिर २०७६, आइतबार


काठमाडौं । सरकारले बहुविवाह गर्ने सरकारी कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउने भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यो व्यवस्था थप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ ।

बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै सरकारले निजामति सेवासम्बन्धी विधेयकमा फौजदारीसंहितामा जस्तै व्यवस्था राख्ने तयारी गरेको छ । फौजदारी संहितामा अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे स्वतः बदर हुने व्यवस्था छ ।

फौजदारी संहिताअनुसार अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे त्यस्तो विवाह स्वतः बदर हुने छ भने, संघीय निजामति सेवामा राख्न प्रस्तावित व्यवस्थाअनुसार त्यस्ता व्यक्ति निजामति कर्मचारी रहेछन् भने जागिर बर्खास्तीमा पर्नेछन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन मस्यौदा प्रतिवेदनमाथि सोमबार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा छलफल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस