आजदेखि सुरु भएको सागमा नेपालको विजयी सुरुवात « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आजदेखि सुरु भएको सागमा नेपालको विजयी सुरुवात


११ मंसिर २०७६, बुधबार


काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले बिजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५–९, २५–९, २५–११ ले विजयी भएको हो ।

आजदेखि सुरु भएको साग खेलकुदको युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले अफिसियललाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए ।

१३ औं सागको औपचारिक उद्घाटन भने मंसिर १५ मा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस