काठमाडौँ । सरकारले मेडिकल कलेजहरुले अवैध रुपमा असुलेको शुल्क फिर्ता नगरे २४ घण्टाभित्र कारवाही गर्ने भएको छ । सोमबार गृहमन्त्रालयमा भएको छलफलमा अवैध शुल्क असुल्ने कलेजलाई कारबाही गर्ने निर्णय गरेको बताइएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेललगायत छलफलमा सहभागी थिए ।
मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको अल्टिमेटम आज सकिएको हो । तर कुनै पनि कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।
नेशनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेजलगायतका कलेजले शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् ।