यातायात प्रमुखसहित ३८विरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यातायात प्रमुखसहित ३८विरुद्ध भ्रष्टाचार मुद्दा


८ मंसिर २०७६, आइतबार


अख्तियार

काठमाडौं । यातायातका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना ललितपुरका तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जना विरुद्ध मुद्दा दायर भएको हो।

२०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षा (ट्रायल)मा ‘फेल’ भएका १ हजार २८४ जनालाई ‘पास’ गराएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजश्वसमेत नलिएर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि भएको दाबी गरेको छ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस