कंगोमा विमान दुर्घटना हुँदा दुई कर्मचारीसहित १६ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कंगोमा विमान दुर्घटना हुँदा दुई कर्मचारीसहित १६ जनाको मृत्यु


८ मंसिर २०७६, आइतबार


काठमाडौं। कंगोमा १८ जना सवार विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा १६ यात्रुसहित २ जना विमानका कर्मचारीको मृत्यु भएको आशंका गरिएको छ ।

सहरको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको उक्त विमान उडानको केही समयपछि सम्पर्कविहीन भएको नर्थ किभुका क्षेत्रीय अधिकारी नजान्जु कासिभिता बीबीसीलाई बताएका हुन् ।

स्थानीय मिडियाले गरेको रिपार्ट अनुसार दुर्घटनामा परी कतिजनाको भएको छ भन्ने उल्लेख गरेका छैनन् । विमानमा सवारबाहेक सहरका बासिन्दाहरुलाई पनि क्षति पुगेको छ ।

इन्जिन फेल भएको शंका गरिएको भए पनि दुर्घटनाको वास्तविक कारण अझै स्पष्ट नभएको बताइएको छ । उद्धारकर्मीहरु अहिले दुर्घटनास्थलबाट शव निकालिरहेका छन् । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस