उपनिर्वाचनका लागि दाङमा चार सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी परिचालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपनिर्वाचनका लागि दाङमा चार सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी परिचालन


८ मंसिर २०७६, आइतबार


दाङ । दाङमा हुने दुई स्थानको उपनिर्वाचनका लागि चार सय कर्मचार र दुई हजार सरक्षाकर्मी खटिने भएका छन् । चुनावमा खटिने कर्मचारीलाइ आइतबार र सोमबार तालिमको व्यवस्था गरिने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

दाङको दुई स्थानका ३४ मतदानस्थल र ८२ केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइने भएको छ । निर्वाचनमा चार सय १० कर्मचारी र तीन सय २६ स्वयमसेवक पनि खटिने छन् ।
मतदानस्थलमा मंसिर ११ गतेदेखि अधिकृत र सहायक मतदान अधिकृत केन्द्रमा खटिने छन् ।

निर्वाचनको अवधिमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, १६४ जना सहायक कर्मचारी र ८२ सहयोगी खटिने छन् । यस्तै तीन सय २६ जना कर्मचारी स्वयमसेवकका रुपमा खटाइने भएको छ भने मतदाता शिक्षा कार्यक्रम पनि जारी छ ।

दुई हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को ९२० र घोराही १६ का लागि २ हजार सुरक्षाकर्मी परिचालन हुने भएका हुन् ।

२२ स्थानमा अस्थायी क्याम्प नै राखेर सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समिति दाङले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी दुई हजार सुरक्षाकर्मी परिचालन गरिने छन् ।
दुई हजार सुरक्षाकर्मीसँगै २६ वटा सवारीका साधान समेत प्रयोग गरेर सुरक्षाकर्मी परिचालन हुने छन् ।

प्रतिक्रिया दिनुहोस