पठाओ र टुटल चालकमाथि कारबाही गर्दै प्रहरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पठाओ र टुटल चालकमाथि कारबाही गर्दै प्रहरी


८ मंसिर २०७६, आइतबार


काठमाडौं । ट्राफिक प्रहरीले पठाओर टुटलका चालकमाथि कारबाही गर्न सुरु गरेको छ । प्रहरीले आइतबारदेखि प्रयोजन विपरित मोटरसाइकल चलाएको आरोपमा कारबाही सुरु गरेको हो ।

यसअघि मंसिर ४ मा यातायात ििवभागले सूचना जारी गर्दै कानूनको उल्लंघन री निजी प्रयोजनमा दर्ता भएको सवारीले भाडामा यात्रु बोके कानून बमोजिम कारबाही गर्ने जनाएको थियो ।

ट्राफिकले माघ १, २०७५ मा पनि विभागको अनुरोधमा टुटल र पठाओ सञ्चालनमा रोक लगाएको थियो । जनस्तरबाट विरोध भएपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम पुनः सञ्चालमा आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस