जागिरका नाममा बलात्कारको प्रयास « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जागिरका नाममा बलात्कारको प्रयास


७ मंसिर २०७६, शनिबार


जबर्जस्ती करणी

काठमाडौं । जागिर लगाएदिने भन्दै बलात्कारको प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना पुरुष र दुई जना महिला छन् ।

जागिर लगाइदिने भन्दै गोदावरीस्थित रेस्टुरेन्टमा बोलाएर अन्तरवार्ताको बाहाना बनाई एक किशोरीलाई बलात्कारको प्रयास गर्ने रोहित प्रसाद ढुंगाना पक्राउ परेका हुन् । ढुंगानालार्य सहयोग गरेको आरोपमा निर्मला शर्मा र मिना रिमाल पनि पक्राउ परेका हुन् ।

पीडित किशोरीलाई सिनामंगलस्थित एक कन्सल्टेन्सीमा जागिर लगाइदिने भन्दै अन्तरवार्ताको बाहानामा उनीहरुले गोदावरीस्थित रेस्टुरेन्टमा बोलाएको प्रहरीले बताएको छ ।

त्यहाँ पुगेपछि पीडित किशोरीलाई ढुंगानाले बलात्कार गर्न खोजेको र किशोरी त्यहाँबाट भाग्न सफल भएकी हुन् ।

घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस